काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ। साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।